हिमानीको संगतमा यस्ता भए ‘बेबी किङ’ हृदयन्द्र

Newslaya Home

हिमानीको संगतमा यस्ता भए ‘बेबी किङ’ हृदयन्द्र

आइतबार १९, असोज २०७६

काठमाडौ । एकताका पूर्व राजा ज्ञानेन्द्र शाहका नाती अर्थात् पारसका छोरालाई बेबीकिङ बनाउने चर्चा थियो नेपालमा । तात्कालिन शिखर नेता गिरीजाप्रसाद कोइरालाले पनि बेबी किङको सम्भावना छ भनेर बोलिदिएपछि त झन् के चाहियो, देशै बबी किङ आउने हल्लाको पछि लाग्यो ।

ज्ञानेन्द्र राजा बन्दाको परिस्थिती, त्यस अघि र पछि उनका छोरा पारसको बद्मासीपूर्ण गतिविधिका कारण धेरैजनाले राजतन्त्रको विरोध गरिरहेका थिए । त्यसै बिचमा राजतन्त्र फाल्ने वा राख्ने अनि राख्ने भएपनि कस्तो स्वरुपमा राख्ने भन्ने चर्चा चलिरहेका बेलामा बेबी किङको चर्चा चलेको थियो । त्यती बेलाका बेबी किङ थिए, पारसका छोरा हृदयेन्द्र शाह ।

तत्कालिन राजा ज्ञानेन्द्र अलोकप्रीय भएको र पारसको उदण्डतालाई दृष्टिगत गरी सांस्कृतिक राजा राख्ने कोइरालाको प्रस्ताव थियो । जसलाई तत्कालिन राजा ज्ञानेन्द्रले अस्वीकार गरेका थिए । नेपाली राजनीतिक इतिहासले अर्को मोड लिने घटना थियो त्यो ।

त्यतीबेला हृदयन्द्र पाँच वर्षका थिए । अहिले १७ वर्षका किशोर भइसकेका छन् । पूर्व राजा ज्ञानेन्द्रले पारसबाट टाढै राखेका हृदयन्द्र आमा हिमानीको संगतमा छन् । उनमा पारसको जस्तो स्वभाव नदेखिनेमा राजावादीहरु आशावादी छन् । अनि उनैलाई अघि सारेर भएपनि राजसंस्था फर्काउन सकिन्छ कि भन्ने आशामा छन् ।