सावधान ! प्लाष्टिकको बोतलमा पानी नपिउनुहोस्

Newslaya Home

सावधान ! प्लाष्टिकको बोतलमा पानी नपिउनुहोस्

आइतबार १९, असोज २०७६

प्लास्टिकको बोतलको पानी पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । प्लास्टिकको बोतलमा पानी पिउँनेलाई अटिज्म, मधुमेह र क्यान्सर जस्ता कयौँ खतरनाक रोग लाग्ने सम्भावना बढि रहेको वैज्ञानिकहरुले बताएका छन् ।

न्यूयोर्क यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले यस विषयमा अनुसन्धान गरेका हुन् । अनुसन्धानका अनुसार प्लास्टिकको बोतलमा ईडीसी (इंडोक्राइन डिस्सरटेटिड केमिकल) जस्तो खतरनाक रसायन हुने गर्दछ । जसले सिधै मानिसको हर्मोनल प्रणलीमा नोक्सान पुर्याउने गर्दछ ।

अमेरिकाका वैज्ञानिकहरुका अनुसार केबल अमेरिकामा मात्र ईडीसी रसायनबाट हुने बिमारीबाट बच्नका लागि २३ करोड रुपैया भन्दा बढी खर्च भइसकेको छ ।

प्लास्टिकको बोतलमा पानी पिउदा हुनसक्ने खतराहरुः
शरिरमा विभिन्न प्रकारका रोग लाग्ने गर्दछ ।

पर्यावरणका लागि हानिकारक

पाचन क्रियामा प्रत्यक्ष प्रभाव पार्दछ ।

गर्भवती महिलामा प्रोटेस्ट क्यान्सर र ब्रेस्ट क्यान्सरको खतरा

दिमागलाई कमजोर बनाउने गर्दछ

स्मरण शक्ति विस्तारै विस्तारै कमजोर हुदै जाने गर्दछ

शरिरमा फ्याट सेल्स बढ्ने गर्दछ

पेट पोल्ने समस्या सिर्जना हुने गर्दछ ।