दशैं हिलाम्मे हुने पक्का, टिकाको दिनसम्मै वर्षा

Newslaya Home

दशैं हिलाम्मे हुने पक्का, टिकाको दिनसम्मै वर्षा

आइतबार १९, असोज २०७६

काठमाडौं । उपत्यकासहित देशको मध्य तथा पूर्वी भू–भागमा र पश्चिमी भू–भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पूर्वका केही ठाउँमा हल्का वर्षा समेत भइरहेको छ ।

दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली बिहार हुँदै पूर्वी नेपालबाट भित्रिएकाले पानी पर्ने सम्भावना बढेको हो ।

महाशाखाले टीकाको दिनसम्म नै हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । तीन दिनसम्मको मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबार, सोमबार र मंगलबार टिकाको दिन पनि पानी पर्ने जनाएको हो ।