भोजपुरमा मुक्का प्रहारबाट घाइतेको ज्यान गयो, रक्सीमा गरिएको थियो मिलापत्र

Newslaya Home

भोजपुरमा मुक्का प्रहारबाट घाइतेको ज्यान गयो, रक्सीमा गरिएको थियो मिलापत्र

आइतबार १९, असोज २०७६

भोजपुर । कुटेरै छिमेकी मारेको आरोपमा भोजपुर १० भैसीपंखा जीमीगाउँका ४२ वर्षीय श्रीकृष्ण राई पक्राउ परेका छन् ।

छिमेकी ६३ वर्षीय बलबहादुर राईलाई उनले मुक्का प्रहार गरेका थिए । मादक पदार्थ सेवन गरेका श्रीकृष्णले कुटपिट गरि घाइते बनाएका बलबहादुरको पछि ज्यान गएको हो ।

कुटपिटपछि बलबहादुरलाई श्रीकृष्णले एक बोतल रक्सी किनेर फकाइ मिलापत्र गरेका थिए ।

बुधबार कुटिएका बलबहादुरको शुक्रबार घरमै मृत्यू भएको थियोे ।