शान्ति मिसनमा सर्वसाधारण पनि

Newslaya Home

शान्ति मिसनमा सर्वसाधारण पनि

आइतबार १९, असोज २०७६

काठमाडौं । संयुक्त राष्ट्रसंघको मिसनमा नेपालबाट गैरसैनिक सर्वसाधरणलाई पनि पठाउन थालिएको छ।

यसअघि सैनिक सुरक्षाकर्मी मात्र जाने गरेको मिसनमा दोभासेको रुपमा सर्वसाधरणले पनि मौका पाएका हुन् । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार सेन्ट्र अफ्रिकन मिसन खटिएका २०९ जनाको एडभान्स टोलीको एक जना सर्वसाधरणलाई दोभाषेको रुपमा पठाइएको छ।

उक्त मिसनमा फ्रेन्च भाषाको लागि दोभासेका रुपमा पठाइएको छ। नेपाली सेनाले विश्‍वभर १२ मिसनमा आफ्नो शान्ति शेना खटाएको छ। मिसनको दौरानमा ६३ जनाले ज्यान गुमाएका छन्।