टेस्ट क्रिकेटमा रोहित शर्माले बनाए नयाँ किर्तिमान

Newslaya Home

टेस्ट क्रिकेटमा रोहित शर्माले बनाए नयाँ किर्तिमान

शनिबार १८, असोज २०७६

काठमाडौं । टेस्ट क्रिकेटमा भारतीय क्रिकेटर रोहित शर्माले नयाँ किर्तिमान बनाएका छन् । शर्मा एक टेस्ट क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बनेका हुन् ।

शनिबारको टेस्ट म्याचमा दक्षिण अफ्रिकाविरुद्ध शतकीय पुरा गर्ने क्रममा रोहितले नयाँ किर्तिमानी रचेका हुन् । हिटम्यानका रुपमा चिनिएका खेलाडीले टेस्ट म्याचमा कुल १३ वटा छक्का प्रहार गरे ।

रोहितले यस म्याचको पहिलो पारीमा ६ वटा र दोस्रो पारीमा ७ छक्का प्रहार गरेका हुन् ।

यससँगै रोहितले पाकिस्तानका पूर्व कप्तान तथा स्टार खेलाडी वसीम अकरमलाई उछिनेका छन् । अकरमले सन् १९९६ मा जिम्बाबेविरुद्ध २५७ रन बनाउँदा १२ छक्का प्रहार गरेका थिए ।