ऋतिक र टाइगरको ‘वार’ले तीन दिनमा कमायो १०० करोड

Newslaya Home

ऋतिक र टाइगरको ‘वार’ले तीन दिनमा कमायो १०० करोड

शनिबार १८, असोज २०७६

काठमाडौं । ऋतिक रोशन र टाइगर श्राफको मुख्य अभिनय रहेको चलचित्र ‘वार’ले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ । बुधबारदेखि प्रदर्शनमा आएको चलचित्रले तेस्रो दिनमै १०० करोडको व्यापार गरेको छ ।

पहिलो दिन बुधबार चलचित्रले ५३.३५ करोडको व्यापार गरेको थियो । जसमध्ये ५१.६० करोड हिन्दीबाट कमाएको हो भने १.७५ करोड तेलगु र तमिलबाट कमाएको हो ।

यस्तै चलचित्रले दोस्रो दिन बिहीबार हिन्दीबाट मात्रै २३.१० करोड र तेस्रो दिन २१.३० करोड कमाएको छ ।

यस्तै तमिल र तेलगुबाट दोस्रो दिन १.२५ करोड र तेस्रो दिन १.१५ करोड कमाईसहित कुल १०० करोड १५ लाखको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन् ।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको चलचित्रमा ऋतिक र टाइगरका साथै अभिनेत्री वाणी कपुरको पनि अभिनय रहेको छ । चलचित्र यशराज फिल्मको व्यानरमा बनेको हो ।