सेल्फी खिच्ने क्रममा तमोर नदीमा लडेर एक युवति बेपत्ता

Newslaya Home

सेल्फी खिच्ने क्रममा तमोर नदीमा लडेर एक युवति बेपत्ता

शनिबार १८, असोज २०७६

धनकुटा । धनकुटको मुलघाट स्थित तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवतिलाई शनिबार दिउँसो नदीले बगाएको छ । धनकुटा–७ मदनचौककी २२ वर्षीया सुजना कटुवाललाई नदीले बगाएको हो ।

साथीहरुसँग घुम्न गएकी कटुवाल नदी किनारमा सेल्फी खिच्ने क्रममा लडेर करिब ३ बजे नदीमा बेपत्ता भएकी धनकुटा प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै प्रहरी र आफन्त खोजि कार्यमा जुटेका छन् ।