विप्लवले मोरङमा लुकाएर राखेको विष्फोटक पदार्थ बरामद

Newslaya Home

विप्लवले मोरङमा लुकाएर राखेको विष्फोटक पदार्थ बरामद

शनिबार १८, असोज २०७६

काठमाडौं । विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।

मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित मोरङका सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार प्रहरीले विप्लव समूहले तयार पारेको सहयोग रसिद र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ ।