रोशनीले दिइन् उजुरी, उजुरी परेसंगै महरालाई पक्रने तयारी

Newslaya Home

रोशनीले दिइन् उजुरी, उजुरी परेसंगै महरालाई पक्रने तयारी

शनिबार १८, असोज २०७६

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महाराविरूद्ध रोशनी शाहीले बलात्कार प्रयासको उजुरी दिएकी छिन्।

उजुरिपछी उनलाई पक्रने तयारी थालिएको छ । उनलाई पक्रन अदालत खुल्ने समय नपर्खिने बताइएको छ ।

गत आइतबार महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनीले १२ घण्टा नपुग्दै आफूमाथि दुर्व्यवहार नभएको भनेर आफ्नै बोलीबाट युटर्न लिएकी थिइन् ।

शाहीले शनिबार फेरि बानेश्वर प्रहरीमा गएर बलात्कार प्रयास गरेको भन्दै उजुरी लगाएकी हुन् । उनले लगाएको आरोप सत्य सावित भए महरालाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुनसक्ने मुलुकी अपराध संहिता ऐन २०७४ मा उल्लेख छ।

फौजदारी कानूनका विज्ञ वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बलात्कार प्रयास गरेको मात्रै हो भने मुद्दाको गम्भीरता कम हुने बताए ।