इटहरी एफएमको थाइल्याण्ड टुर रंगमहलका शिवराजलाई

Newslaya Home

इटहरी एफएमको थाइल्याण्ड टुर रंगमहलका शिवराजलाई

शनिबार १८, असोज २०७६

इटहरी । इटहरी एफ.एमले विगत वर्षदेखि सुरु गरेको थाईल्याण्ड टुर अफर आज सार्वजनिक गरेको छ ।

यो पटकको थाईल्याण्ड टुर रंगमहल इटहरीलाई परेको छ । शनिबार भएको लक्की ड्रमा रंगमहलका सञ्चालक शिवराज रेग्मी लाई थाईल्याण्ड टुर घुम्न जाने अवसर प्राप्त भएको हो । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले तानेको लक्की नम्बर २१ मार्फत् उनको नाम सार्वजनिक गरिएको थियो ।

विगत वर्ष जस्तै यस बर्ष पनि बडादशैँको फूलपातिको दिन लक्की ड्र गरिएको हो । एफएमलाई शुभकामना दिने विज्ञापनदाता तथा ग्राहकहरु मध्येबाट एक जनालाई थाईल्याण्ड लैजाने व्यवस्था इटहरी एफ.एमले सुरु गरेको छ ।

लक्की ड्रमार्फत् आफ्नो नाम सार्वजनिक भएपछि खुसी लागेको शिवराज रेग्मीले प्रतिक्रिया दिएका छन् । विज्ञापन दिए वापत आफुलाई थाईल्याण्ड घुम्ने अवसर प्राप्त भएको आफुलाई धेरै खुसी लागेको बताउँदै एफएमलाई धन्यवाद पनि दिए ।

आजको लक्की ड्र कार्यक्रममा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष धन बहादुर पुरी, नेपाल पत्रकार महासंघका सचिव हिमाल दहाल, एपीवान टेलिभिजन प्रदेश १ व्युरो प्रमुख मिलन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।