गोरु काटेको आरोपमा इटहरीबाट चार जना पक्राउ

Newslaya Home

गोरु काटेको आरोपमा इटहरीबाट चार जना पक्राउ

शनिबार १८, असोज २०७६

इटहरी । गोरु काटेको आरोपमा इटहरी नगरपालिकाका नगरप्रहरीसहित चार जना पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

इटहरी–३ बाट दुई वटा गोरु काटेको भन्दै नगरप्रहरी राजकुमार तामाङसहित चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा एक महिला र दुई जना पुरुष छन् ।

यता पक्राउ पर्ने तामाङका आफन्तले भने तामाङले गोरु नकाटेको बताएका छन् । ‘मरेको गोरुको छाला लिन बाहिरबाट मानिसहरु आएका थिए’ तामाङका एक आफन्तले भने, ‘ठाउँ देखाइदिएको आधारमा पक्राउ गरियो ।’