चिनियाँ राष्ट्रपतिलाई भारत नगई सिधै नेपाल आउन आग्रह

Newslaya Home

चिनियाँ राष्ट्रपतिलाई भारत नगई सिधै नेपाल आउन आग्रह

शनिबार १८, असोज २०७६

काठमाडौं । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सि चिनपिङ नेपाल आउँदैछन् ।

राष्ट्रपतिको भ्रमणको पूर्व तयारीस्वरुप चिनियाँ बोइङ ७४७–८०० विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेर फर्किएको छ । असोज अन्तिमतिर नेपालको भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि विमानस्थलको रन वे, पार्किङ वे लगायतका व्यवस्थापनको अध्ययन रेकी टोली नेपाल आएको थियो ।

सि भारत हुँदै नेपाल आउने तयारी छ । तर, नेपाल सरकारले भने भारत नगई सिधै नेपाल आउनको लागि चिनियाँ पक्षसँग आग्रह गरिरहेको छ । प्रधानमन्त्री ओलीकै आग्रहमा सिधै नेपाल आउनको लागि नेपाल सरकारले आग्रह गरिरहेको छ । तर, अहिले नै सि भारत हुँदै नेपाल आउँछन् वा सिधै नेपाल आउँछन् भन्नेबारे कुनै निश्चित भएको छैन् ।