दशैंमा खानलाई कैदीलाई नगरपालिकाले दियो राँगा र खसी

Newslaya Home

दशैंमा खानलाई कैदीलाई नगरपालिकाले दियो राँगा र खसी

शनिबार १८, असोज २०७६

खोटाङ । दशैंमा खानको लागि दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले कैदीबन्दीलाई राँगा र खसी दिएको छ ।

नगरपालिकाले जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई २८ हजार रुपैयाँ बराबरको राँगा र खसी खरिद गरिदिएको हो ।

नगरपालिकका मेयर दिपनारायण रिजालले उपलब्ध गराउनुभएको रकमबाट राँगा र खसी खरिद गरेर कैदीबन्दीलाई दिइएको जिल्ला कारागार शाखाका प्रमुख चित्राखर आचार्यले बताए ।

कारागारमा अहिले दुई आश्रित बालबालिकासहित एक सय नौ जना कैदीबन्दी छन् ।