प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

शनिबार १८, असोज २०७६

काठमाडौं । नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ ।

उनले ‘झ्याम झ्याम’ बोलको गीत सार्वजनिक गरेका हुन् । एकनारायण भण्डारीको शब्द रहेको यस गीतमा आशिष अविरलको संगीत रहेको छ ।

गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक प्रविण सिंह हुन् । गीतको भिडियोमा बिगु उगी विजेता कविता नेपाली र मोडल भिजु पार्कीको नृत्य देख्न सकिन्छ ।