दैनिक ५ वटाभन्दा बढी औषधि सेवन गरे स्वास्थ्यमा खतरा

Newslaya Home

दैनिक ५ वटाभन्दा बढी औषधि सेवन गरे स्वास्थ्यमा खतरा

शनिबार १८, असोज २०७६

वैज्ञानिकहरुले गरेको एक अध्ययनले दैनिक ५ वटाभन्दा बढी औषधि सेवन गर्नाले वृद्धहरुलाई झन् कमजोर बनाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुका अनुसार बढ्दो उमेरका साथै अधिक औषधि सेवनले कार्य गर्ने क्षमतामा प्रभावित पार्छ ।

कमजोरीको सम्बन्ध बढ्दो उमेर, सहन शक्तिमा कमजोरी र राम्रोसँग कुनै पनि काम गर्न नसक्नु हो । कमजोरी बारम्बार हुनु र लड्नु तथा यसैबीच मृत्यु हुने सम्भावना उच्च रहेको हुन्छ ।

जब हाम्रो उमेर बढ्दै जान्छ, हाम्रो शरिरमा धेरै खाले स्वास्थ समस्या देखिन थाल्छ । स्वास्थ्य समस्यासँग जुध्नु एक मात्र उपाय भनेको औषधी लिनु नै हो ।

जर्मनी क्यान्सर रिसर्च सेन्टरले अधिक उमेर भएका मानिसहरुबारे अध्ययन गरेका थिए । यस अध्ययनमा २००० मानिसहरु सहभागि रहेका थिए । अध्ययनमा ५० देखि ७० बीचका मानिसहरुको सहभागिता रहेको थियो ।