अमेरिकामा इ–सिगरेटले लियो १८ जनाको ज्यान, एक हजार बढी बिरामी

Newslaya Home

अमेरिकामा इ–सिगरेटले लियो १८ जनाको ज्यान, एक हजार बढी बिरामी

शनिबार १८, असोज २०७६

काठमाडौं । अमेरिकामा इ–सिगरेट सेवनका कारण १८ जनाको मृत्यु भएको छ भने १ हजार ८० जना बिरामी भएका छन् ।

अमेरिकी स्वास्थ्य विभागका अधिकारीका अनुसार पछिल्लो हप्ता २ सय २७ बिरामी आएका थिए भने दुई हप्ता यता नयाँ बिरामीको संख्या पनि थपिदो छ । पुराना बिरामीहरूमा पनि नयाँ लक्षण देखिएको छ ।

जब चिकित्सकहरूले ती रोगीहरूलाई तपाई कुन चिज सेवन गर्नुहुन्छ भनेर सोधे– ७८ प्रतिशत मानिसले निकोटिन युक्त अथवा बिना निकोटिन भएको टेट्राहाइड्रोकेनाबिनोट (टीएचसी) को सेवन गर्ने गरेको बताए । ३७ प्रतिशतले केवल टीएचसी उत्पादन र १७ प्रतिशतले निकोटिन युक्त उत्पादनको प्रयोग गरेको पाइएको थियो । टीएचसी गाँजाबाट उत्पादित पदार्थ हो । जसले मानिसको दिमागमा असर पुर्याउँछ ।

यस्तो पदार्थ सेवन गर्नेमा ७० प्रतिशन पुरुष र ८० प्रतिशत महिलाको उमेर ३५ वर्षभन्दा कम छ । अमेरिकाका केही राज्यमा इ–सिगरेटमा प्रतिबन्ध लगाइएको छ भने भारतमा यसको उत्पादन र प्रयोगमा पुरै प्रतिबन्ध लगाइएको छ ।