‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा परे सन्दीप लामिछाने

Newslaya Home

‘द हन्ड्रेड’ प्रतियोगिताको ड्राफ्टमा परे सन्दीप लामिछाने

शनिबार १८, असोज २०७६

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इङ्ल्यान्ड र वेल्समा हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छन् । उनी विदेशी खेलाडीको कोटामा परेका हुन् ।

ड्रााफ्टमा सन्दीपको न्यूनतम मूल्य एक लाख पाउन्ड राखिएको छ । उनले आइपीएल, बिगबास, सीपीएल लगायतका टी–२० फम्र्याटका फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् ।

‘द हन्ड्रेड’ प्रतियोगिता नयाँ फम्र्याटको क्रिकेट खेल हो । प्रतियोगिता इङ्ल्यान्ड र वेल्सका आठ सहरको नामबाट खेलिने छ । सन् २०२० को जुलाईमा हुने उक्त प्रतियोगिताका लागि अक्टोबर २० मा लन्डनमा खेलाडीको ड्राफ्ट खोलिनेछ ।