शसस्त्रले हाल्यो पुर्वका २४ ठाउँमा पिङ

Newslaya Home

शसस्त्रले हाल्यो पुर्वका २४ ठाउँमा पिङ

शनिबार १८, असोज २०७६

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले वडादशैंको अवसरमा देशका विभिन्न स्थानमा एक सय ३४ वटा पिङ हालेको छ ।

सशस्त्र प्रहरीले स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गते सम्म उक्त पिङ हालेको हो ।

सशस्त्र प्रहरी नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको छ भने सशस्त्र प्रहरी नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, सशस्त्र प्रहरी नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, सशस्त्र प्रहरी नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ ।

यसैगरी सशस्त्र प्रहरी नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, सशस्त्र प्रहरी नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको सशस्त्र प्रहरीले जनाएको छ ।