चिठीमार्फत महरालाई अपराध स्वीकार्न बाबुरामको सुझाव

Newslaya Home

चिठीमार्फत महरालाई अपराध स्वीकार्न बाबुरामको सुझाव

शनिबार १८, असोज २०७६

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई खुला पत्र लेखेर निष्पक्ष अनुसन्धानमा सघाउ पुर्याउन सुझाव दिएका छन् । उनले गल्ती वा अपराध गरेको भए त्यसलाई स्वीकार्दै प्रायश्चित गर्नुमै महराको हित हुने बताएका छन् ।

माओवादी आन्दोलनका पूर्वसहकर्मीद्वय डा. भट्टराईले महरालाई पत्रमा भनेका छन्, ‘यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ– गल्ती गर्नु अपराध हैन : गल्ती नसच्याउनु अपराध हो ।’

हालसम्मका सूचनाले शंकाको सुई महरातिरै सोझिने बताउँदै डा. भट्टराईले सत्ता, शक्ति र धनको बलमा महिलाको अस्मिता हरण गर्नु दण्डनीय हुने स्मरण गराएका छन् ।