इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाको मृत्यु

Newslaya Home

इराकमा सरकार विरोधी प्रदर्शनका क्रममा ६० जनाको मृत्यु

शनिबार १८, असोज २०७६

काठमाडौं । चार दिनदेखि जारी सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा ६० जनाको मृत्यु भएको छ ।

विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

आन्दोलनकारीले सुरक्षाकर्मीमाथि जथाभावी आक्रमण बढेको अधिकारीहरुले दावी गरेका छन् । प्रधानमन्त्री आदेल अब्देल महदीले वार्ताबाटै समस्याको समाधान गर्न चाहेको बताएपनि आन्दोलन जारी छ ।

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्दा गरिबी बढेको भन्दै केही दिनदेखि सरकार बिरोधी प्रदर्शनहरु बढ्न थालेका हुन् । आन्दोलनकारीले सार्वजनिक सेवाको विरोधसमेत गरेका छन् ।

प्रहरीले रबरका गोली प्रहार गर्दा कयौं आन्दोलनकारी घाइते भएको बताइएको छ ।