आज पनि मौसम बदली, केही स्थानमा पानी पर्ने सम्भावना

Newslaya Home

आज पनि मौसम बदली, केही स्थानमा पानी पर्ने सम्भावना

शनिबार १८, असोज २०७६

काठमाडौँ । देशभर आज (शनिबार) पनि मौसम आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । आज रातिको मौसम पनि दिउँसोको जस्तै रहने मौसमविदको भनाई छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास एउटा निम्न चापीय प्रणाली र अर्को निम्न चापीय प्रणाली बंगलादेश आसपास रहेकोले त्यसकै प्रभाव र स्थानीय वायुको समेत सामान्य प्रभाव परेकोले मौसममा बदली कायमै रहेको महाशाखाले जनाएको छ ।