किन्डर पिल्लर आइवि लिग किड्सले विद्यार्थीहरुसँग मनायो दशै

Newslaya Home

किन्डर पिल्लर आइवि लिग किड्सले विद्यार्थीहरुसँग मनायो दशै

शुक्रबार १७, असोज २०७६

इटहरी । इटहरीस्थित किन्डर पिल्लर आइवि लिग किड्सले दशै मनाएको छ । स्कुलका बालबालिका तथा शिक्षकहरुलाई टिका लगाएर दशै मनाएको हो ।

बालबालिकाहरुलाई संस्कृति सिकाउने तथा नेपालीहरुको महान चार्ड दशैको महत्व बारे जानकारी दिने उद्देश्यले दशै मनाइएको स्कुलकी सञ्चालिका श्रुती शर्माले जानकारी दिइन् ।

प्रोफेसर एलेन बुथ चर्च उक्त स्कुलकी मेन्टर हुन् । उनी बालमनोविज्ञानकी प्रोफेसर हुन् । स्कुलले बच्चालाई रटाएर भन्दा पनि प्राक्टिकल गराएर सिकाउने शर्माले बताइन् ।

स्वस्थ र सुरक्षीत वातावरणमा पढाइ हुने यो स्कुलले विध्यार्थी तथा अविभावकको मन जितिरहेको छ । विध्यार्थीको लागि सवारी र स्वस्थ खाजाको समेत व्यवस्था गरिएको छ ।

स्कुलले विभिन्न खेलकुदलगायत अतिरिक्त कृयाकलापलाईसमेत जोड दिने गरेको छ ।