इटहरीको किड्स ह्याप्पी होममा पढाउदै स्वीस एक्सपर्ट

Newslaya Home

इटहरीको किड्स ह्याप्पी होममा पढाउदै स्वीस एक्सपर्ट

शुक्रबार १७, असोज २०७६

इटहरी । तरहरामा रहेको प्री स्कुल किड्स ह्याप्पी होमले स्वीस एक्सपर्टबाट विध्यार्थीहरुलाई अध्यापन गराएको छ ।

विदेशी एक्सपर्टहरुबाट विध्यार्थी तथा शिक्षकहरुलाई अध्ययन, अध्यापन गराउने क्रममा एक्सपर्टको रुपमा फ्रेन्सीस्कालाई ल्याएको हो ।

उनले एक महिनासम्म विभिन्न वर्कसप, सेमिनार गराइ विश्वका नयाँ प्रविधिलाई किड्स ह्याप्पी होममा प्रयोग गरेकी हुन् ।

हरेक वर्ष अन्तराष्ट्रिय एक्सपर्ट ल्याउने क्रममा फ्रेन्सीस्कालाई बोलाइएको जानकारी दिदै स्कुलकी प्राचार्य रिता भुसालले आगामी वर्ष पनि निरन्तरता दिइने बताइन् ।

मन्टेश्वरीमा हाल एक सय ५० जना विद्यार्थीहरु रहेका छन् भने कक्षा दुई सम्म अध्यापन हुँदै आएको छ । विगत ७ वर्ष देखि मन्टेश्वरी पद्दतिमा पढाउदै आएको उक्त स्कुलले नयाँ नयाँ प्रविधिलाई अपनाउदै विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खालको शिक्षा दिदै आएको छ । 

स्कुलमा विद्यार्थीलाई रमाईलो वातावरणमा खेलाउदै सिकाउने गरेको बताइन् । स्वस्थ र सुरक्षीत वातावरणमा पढाइ हुने यो स्कुलले विध्यार्थी तथा अविभावकको मन जितिरहेको छ । विध्यार्थीको लागि सवारी र स्वस्थ खाजाको समेत व्यवस्था गरिएको छ ।