गोहीको आक्रमणबाट सप्तरीमा एक बालकको मृत्यु

Newslaya Home

गोहीको आक्रमणबाट सप्तरीमा एक बालकको मृत्यु

शुक्रबार १७, असोज २०७६

सप्तरी । सप्तरीमा गोहीको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९, कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव रहेका छन् ।

प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

पानीमा बसेको भैंसी निकाल्न जाने क्रममा गोहीले उनीमाथि आक्रमण गरेको हुनसक्ने प्रहरीको आशंका छ ।