‘कबड्डी कबड्डी कबड्डी’ले १४ दिनमा कमायो ११ करोड, तोड्यो ‘कोहिनुर’को रेकर्ड

Newslaya Home

‘कबड्डी कबड्डी कबड्डी’ले १४ दिनमा कमायो ११ करोड, तोड्यो ‘कोहिनुर’को रेकर्ड

शुक्रबार १७, असोज २०७६

काठमाडौं । असोज ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी’ले १४ दिनमा ११ करोडको व्यापार गरेको छ ।

पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको चलचित्रले १४ दिनमा ११ करोड ३ लाखको ग्रस व्यापार गर्दै चलचित्र ‘कोहिनुर’को १० करोड हारहारीको व्यापारलाई उछिनेको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रले काठमाण्डौमा ६ करोडको हारहारीमा व्यापार गरेको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार ५ करोड छ । चलचित्र अझै पनि केही हलमा चलिरहेको र दशैंको बिदा भएकाले व्यापार उच्च हुने अपेक्षा यसका निर्माताको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।