नारायणी नदीको किनारमा एक महिलाको शव फेला

Newslaya Home

नारायणी नदीको किनारमा एक महिलाको शव फेला

शुक्रबार १७, असोज २०७६

काठमाडौं । नारायणी नदीको किनारमा एक महिलाको शव फेला परेको छ । नदीको गैँडाकोटतर्फको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१५ कि ५५ वर्षीया देवी भट्टराईको शव फेला परेको हो । शुक्रबार बिहान नदी किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानबाट भट्टराईले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । भट्टराईले बाकेको झोला नारायणीको पुलमुनि किनारमा भेटिएपछि प्रहरीले परिवारलाई घटनाको बारेमा जानकारी गराएको छ ।