दशैंपछि इन्धनको मूल्य बढ्ने

Newslaya Home

दशैंपछि इन्धनको मूल्य बढ्ने

शुक्रबार १७, असोज २०७६

काठमाडौं । साउदी अरबको तेल प्रशोधन केन्द्रमा हुथी आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यवृद्धि भएपछि नेपालमा पनि मूल्य वृद्धि हुने भएको छ ।

तर, दशैंको मुखमा मूल्यवृद्धि गर्दा अलोकप्रीय हुने देखिएपछि सरकारसँग परामर्श गरेर मूल्यवृद्धि स्थगित गरेको छ । भारतबाट तेल आयात गर्दै आएको निगमलाई इन्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूची पठाइसकेको छ । जसअनुसार पेट्रोलमा ४ रुपैयाँ छ पैसा, डिलेजमा ३ रुपैयाँ ६३ पैसा, मट्टितेलमा २ रुपैयाँ ६२ पैसा, हवाई इन्धनमा २ रुपैयाँ ६४ पैसा र एलपी ग्याँसमा १५ रुपैयाँ ९८ पैसा वृद्धि भएको छ ।

स्वचालित तरिकाले यही अनुपातमा मूल्यवृद्धि गर्नुपर्ने भएपनि निगमले अहिलेलाई नगर्ने भएको हो । चाडपर्वलाई दृष्टिगत गरी इन्धनको मूल्य वृद्धि तत्काल रोकेको निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताएका छन् ।