हङकङमा मास्क लगाएर हिँड्न नपाइने

Newslaya Home

हङकङमा मास्क लगाएर हिँड्न नपाइने

शुक्रबार १७, असोज २०७६

काठमाडौं । हङकङ सरकारले सर्वसाधारणलाई मास्क लगाएर हिँड्न प्रतिबन्ध लगाएको छ ।

हङकङकी प्रमुख कार्यकारी अधिकृत क्यारी ल्यामले लामो समयदेखिको आन्दोलनका कारण हङकङ अशान्त बनेको भन्दै सडकमा हिँड्दा मास्क लगाउन प्रतिबन्ध लगाइएको बताएकी हुन् ।

यही अक्टोबर १ मा चीनको राष्ट्रिय दिवसका दिन गरिएको प्रदर्शनले उग्ररुप लिएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

मास्क लगाएर प्रदर्शन गर्दै आएका सर्वसाधारणले जथाभावीरुपमा आगजनी गर्ने गरेका छन् ।