ग्यास वितरण गर्दै होक्से सामुदायिक वन समूह

Newslaya Home

ग्यास वितरण गर्दै होक्से सामुदायिक वन समूह

शुक्रबार १७, असोज २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित होक्से सामुदायिक वन समूहले उपभोक्तालाई ग्यास वितरण गरेको छ।

दाउराको खपत गर्दा वन विनाश बढ्ने र वातावरण पनि प्रदूषण हुन थालेपछि समूहले वार्षिक कार्यक्रम नै स्वीकृत गरी खाना पकाउनका लागि ग्यास वितरण कार्य थालिएको हो ।

समूहले आर्थिक वर्ष २०७५/०७६ को आम्दानीबाट समूहभित्र रहेका ८० घरधुरीलाई ४ लाख ९६ हजार रुपैयाँ बराबरको ग्यास वितरण गरिएको होक्से सामुदायिक वन समूहका अध्यक्ष डिकबहादुर आलेमगरले बताएका हुन् ।