भुमि ब्यवस्था मन्त्रालयका एक कर्मचारीले सप्तकोशीमा आत्महत्या गरे

Newslaya Home

भुमि ब्यवस्था मन्त्रालयका एक कर्मचारीले सप्तकोशीमा आत्महत्या गरे

शुक्रबार १७, असोज २०७६

विराटनगर । प्रदेश नम्बर १ को कृषी भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका एक कर्मचारीले सप्तकोशीमा हाम फालेर आत्महत्या गरेका छन् ।

विराटनगर महानगरपालिका–५ जामुनगाछी घर भएका राजेशकुमार शाहले को २२ प ६९६५ नम्बरको मोटरसाईकल  परिचय पत्र र सुसाईट नोट छोडेर सप्तकोशीमा हाम फालेका हुन् । कोशी ब्यारेजको सिसि टिभि फुटेज हेर्दा १६ नम्बर ढोकाको दक्षिणबाट हाम फालेको देखिएको छ ।

कोशी ब्यारेजको पुलमा भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयका एक कर्मचारी रहेका उनको मोटरसाईकल सँगै मृत्युको कारण अरुनै हो भनेर लेखिएको सुसाईड नोट भेटाए पछि तत्काल प्रहरीले खाजी कार्य थालेको थियो ।

खोजतलासकै क्रममा मृत अवस्थामा भेटिएका शाहको शव पोष्टमाटमको लागि जिल्ला असपताल सुनसरी लगिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।