माटो खन्ने क्रममा पुरिदा एक महिला घाईते

Newslaya Home

माटो खन्ने क्रममा पुरिदा एक महिला घाईते

शुक्रबार १७, असोज २०७६

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५ स्थित माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिला घाईते भएकी छिन् ।

शुक्रबार बिहानको समयमा घर नजिकै रहेको रातमाटे भन्ने स्थानमा माटोले पुरिदा २६ बर्षीया सीता बि. क. घाईते भएकी हुन् । दसैंमा घर पोत्नलाई रातो माटो लिन गएको बेला माथीबाट ढिस्को खस्दा पुरिएर घाईते भएकी सीतालाई प्रहरीको टोली साथै स्थानीयबासीको सहयोगमा उद्धार गरिएको थियो ।

घाईते उनको प्राथामिक स्वास्थ्य केन्द्र ओख्रेमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।