घरमा पानी लाउदै गरेका वृद्धाको करेन्ट लागेर मृत्यु

Newslaya Home

घरमा पानी लाउदै गरेका वृद्धाको करेन्ट लागेर मृत्यु

शुक्रबार १७, असोज २०७६

झापा । झापा स्थित घरमा पानी लाउदै गरेका एक वृद्धाको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार बिहानको समयमा कमल गाउँपालिका–३ केरखा घर भएका ६१ बर्षीय बिष्णु प्रसाद चौलागाईको करेन्ट लागेर मृत्यु भएको हो । भने उनकी श्रीमती पम्फादेवी चौलागाई समेत घाईते भएकी छिन् ।
घरमा पानी लगाउने क्रममा करेन्ट लागेर घाईते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

घाईते पम्फादेवीको भने लाईफ लाईन अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।