भोजपुरका एक व्यक्ति स्कुटर चोरी आरोपमा समातिए

Newslaya Home

भोजपुरका एक व्यक्ति स्कुटर चोरी आरोपमा समातिए

शुक्रबार १७, असोज २०७६

सुनसरी । भोजपुर घर भएका एक व्यक्ति स्कुटर चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–३ घर भएका ३४ बर्षीय संजय राई स्कुटर चोरी गरेको आरोपमा पक्राउ परेका छन् ।
शुक्रबार बिहानको समयमा धरान–११ का हिरा भण्डारीको घरमा पार्किङ गरी राखिएको को १८ प ३०४५ नम्बरको स्कुटर चोरी गरी पाथीभरा बसपार्कमा बेच्न लगेको बेला पक्राउ परेका हुन ।

पाथीभरा बसपार्क स्थित ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका राईलाई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।