विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ

Newslaya Home

विप्लव समूहका मोरङ सेक्रेटरी पक्राउ

शुक्रबार १७, असोज २०७६

विराटनगर । विप्लव समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा बिहीबार पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार खतिवडालाई विष्फोटको घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएको हो । उनी माथि बेलबारीसहित विभिन्न स्थानमा बम विष्फोट गराएको आरोप छ ।

विराटनगरबाट फर्कदै गरेको अवस्थामा बुढीगंगा गाउँपालिकास्थित टंकी चोकबाट खतिवडालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।