दशैं मनाउन राजधानिबाट १४ लाख मानिस बाहिरिए

Newslaya Home

दशैं मनाउन राजधानिबाट १४ लाख मानिस बाहिरिए

शुक्रबार १७, असोज २०७६

काठमाडौं । राजधानिबाट दशैं मनाउन १४ लाख यात्रु बाहिरिएका छन् । नेपाल यातायात राष्ट्रिय महासंघका अनुसार शुक्रबार (आज) र शनिबार (भोली) सबैभन्दा बढि यात्रुको चाप हुनेछ। आज मात्रै उपत्यकाबाट ३ लाख हाराहारीमा यात्रुहरु बाहिरिने जनाइएको छ ।

टिकट नपाएका यात्रुहरुका लागि भने महासंघले अतिरिक्त बस व्यवस्था गर्ने बताएको छ । महासंघले यस बर्ष राजधानिबाट दशैं मनाउना लागि २० लाख यात्रुहरु बाहिरिने अनुमान गरेको छ।

यातायात व्यवस्था विभाग र नेपाल यातायात राष्ट्रिय महासंघको सहमतिमा असोज ५ गते देखि १९ सम्मका लागि अग्रीम टिकट बुकिङ खुल्ला गरेको छ।