पेस्तोलसहित एक जना पक्राउ

Newslaya Home

पेस्तोलसहित एक जना पक्राउ

शुक्रबार १७, असोज २०७६

जनकपुरधाम । धनुषा प्रहरीले नलकटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको परिकौली घर भएका २० वर्षीय आनन्द पाठक रहेका छन् । विशेष सुरक्षा योजनाअन्तर्गत चेकजाँचका क्रममा जनकपुरधाम –१४ मुजेलियाबाट पाठकलाई एक थान नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको धनुषाका प्रहरीले जनाएको छ । पाठकमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।