पाँचथरमा एक व्यक्ति मृत अवस्थामा भेटिए

Newslaya Home

पाँचथरमा एक व्यक्ति मृत अवस्थामा भेटिए

शुक्रबार १७, असोज २०७६

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका २ स्थित एक ब्यक्ति मृत अवस्थामा भेटिएको छ ।

शुक्रबार बिहान मध्यपहाडी पुष्पलाल लोकमार्गको फलैँचामा स्थानिय ३५ वर्षिय इन्द्रबहादुर कार्कीको शव मृत अवस्थामा भेटिएको हो ।

ढुंगाले प्रहार गरेर उनको हत्या गरिएको हुनसक्ने आशंका गरिए पछि घटनाको मुचुल्का तयार पारी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको र प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।