झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार १७, असोज २०७६

झापा । झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट जाँदै गरेको को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परि ७९०४ नम्बरका मोटरसाईकल चालक धरान-१३ घर भएका १८ बर्षीय अजिव राईको मृत्यु भएको हो । सोही मोटरसाईकलमा पछाडी सवार रहेका २२ बर्षीय सबिन राई र १०५० नम्बरका मोटरसाईकल चालक बिराटनगर ७ घर भएका-४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका छन् ।
घाईते दुवैको बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।