काठमाडौंँका मेयर शाक्यलाई डेंगु संक्रमण

Newslaya Home

काठमाडौंँका मेयर शाक्यलाई डेंगु संक्रमण

शुक्रबार १७, असोज २०७६

काठमाडौँ । पछिल्लो समय देशका विभिन्न भागमा फैलिएको डेंगु नियन्त्रणमा आएको सरकारले दाबी गरे पनि मानिसमा यसको संक्रमण फैलदै गएको छ । यसै क्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु संक्रमण भएको छ।

बिहीबार त्रिपरेश्वरस्थित ब्लुक्रस अस्पताल गएका शाक्यलाई डेंगी संक्रमण रहेको परीक्षणबाट पुष्टि भएको अस्पातल स्रोतले जनाएको छ । मेयर शाक्य उपचारका लागि अस्पालमै भर्ना भएका छन्।