दशैँको गीत सार्वजनिक (भिडियोसहित)

Newslaya Home

दशैँको गीत सार्वजनिक (भिडियोसहित)

शुक्रबार १७, असोज २०७६

काठमाडौं । मिलन गीता श्रेष्ठले ‘दशैँ आयो आयो तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेका छन् ।

गीतमा बसन्त सापकोटाको संगीत छ भने एकनारायण भण्डारीको शब्द रहेको छ । दशैँ र तिहारको रौनक झल्काउने यो गीतको एरेन्ज साहस शाक्यले गरेका हुन् । गीतको भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन र शिव बिकको निर्देशन रहेको छ ।