इटालीयन फुटबलर मार्चिसियोले लिए सन्यास

Newslaya Home

इटालीयन फुटबलर मार्चिसियोले लिए सन्यास

शुक्रबार १७, असोज २०७६

काठमाडौं । इटालीयन फुटबलर क्लाउडियो मार्चिसियोले फुटबलबाट सन्यास लिएका छन् । इटालीको राष्ट्रिय टिमका मार्चिसियोले ३३ वर्षको उमेरमा व्यवसायिक फुटबलबाट सन्यास लिएका हुन् ।

राष्ट्रिय टिमबाट ५५ खेल खेलेका मार्चिसियोले युभेन्ट्समा २५ वर्ष बिताएका थिए । युभेन्ट्सको एकेडेमीबाट फुटबल शुरु गरेका उनले इम्पोली तथा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गको मिडफिल्ड सम्हालेका थिए ।