सलमानलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

Newslaya Home

सलमानलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ

शुक्रबार १७, असोज २०७६

काठमाडौं । प्रहरीले बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ गरेको हो ।

लोरेन्स बिश्नोई नामक ती व्यक्तिलाई गाडी चोरेको आरोपमा पक्राउ गरिएको थियो तर आफूले फेसबूक पोस्ट मार्फत सेप्टेम्बर १६ मा सलमानलाई ज्यान मार्ने धम्की दिएको पनि स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

लोरेन्सले आफू सामाजिक सञ्जालमा चर्चित हुन सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीसामु बयान दिएका छन् । बिश्नोई एक सोपू ग्याङका सदस्य हुन् ।

उनले फेसबूकमा लेखेका थिए, ‘सोच सलमान, तँ भारतको कानूनबाट बच्न सक्लास् तर बिश्नोई समाज र सोपू पार्टीको कानूनले तँलाई मृत्युको सजाय सुनाएको छ ।’

सलमान यतिबेला कालो हरिण शिकारको मामिलाको सामाना गरिरहेका छन् ।