महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

Newslaya Home

महरा प्रकरणः फरेन्सिक जाँचको तयारी

शुक्रबार १७, असोज २०७६

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपको विषयमा प्रहरीले फरेन्सिक जाँच गर्ने भएको छ ।

यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेल नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनाएको छ । पीडित भनिएकी महिलाले बारम्बार फरक–फरक धारणा सार्वजनिक गर्नु शंकास्पद रहेको बताउँदै प्रहरले फरेन्सिक जाँच गर्न लागेको हो ।