यस्ता छन् योगाका फाइदा

Newslaya Home

यस्ता छन् योगाका फाइदा

शुक्रबार १७, असोज २०७६

अत्यधिक व्यस्तता, स्वस्थ्य खानपान र शारीरिक कसरतको अभाव लगाएत कारणले सहरी जीवन सकसपूर्ण बन्दै गएको छ । सहरबासी स्वस्थ्यसम्बन्धी धेरै जटिलता देखिन थालेका छन् । यस्ता समस्या निम्तिन नदिन हामी आफ्नो स्वास्थ्यप्रति सचेत हुन जरुरी छ ।

रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय हो, योगा । अस्थिर मनलाई स्थिर बनाउने कार्य नै योगा हो । अज्ञानताबाट ज्ञानतर्फ, दर्बलताबाट सबलतातर्फ र सीमितबाट असीमिततर्फको अध्यात्मिक यात्रा नै योग हो ।

नियमित रुपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण गर्छ र व्यवस्थापन गर्न सकिन्छ । जान्नुहोस् यस्का फाइदाः

शारीरिक तन्दुरुस्ती
योग गर्नेको शारीरिक र मानसिक स्वास्थ्य सुदृढ हुन्छ । सामाजिक हुनका लागि पनि यसले सहयोग गर्छ । नियमित रुपमा योग गर्ने मानिसमा सकारात्मक सोचको विकास हुन्छ । उनीहरु बौद्धिक रुपमा पनि सबल हुन्छन् ।

अध्यात्मिक पक्ष
योग गर्ने मानिस प्रायः अध्यात्मिक प्रकृतिका हुन्छन् । योगले नै उनीहरुमा अध्यात्मिक चिन्तन विकास गर्दै लैजाने हो । यसले गर्दा शरीरमा सकारात्मक उर्जा थपिन्छ ।

पाचन प्रक्रिया
योग गरेपछि शरीरका आन्द्रा लगायतका अन्य अंगमा पर्याप्त कसरत पुग्छ, जसले पाचन प्रक्रियालाई सहज बनाउँछ ।

युवापनको अनुभूति
नियमित योगले मानिस निरोगी हुन्छ । जहिल्यै युवा र हट्टाकट्टा देखिन्छ ।