नाइजेरियाका पूर्व कप्तानको निधन

Newslaya Home

नाइजेरियाका पूर्व कप्तानको निधन

शुक्रबार १७, असोज २०७६

काठमाडौं । नाइजेरियाको राष्ट्रिय टिमका पूर्व खेलाडी इसाक प्रोमिसको निधन भएको छ । अमेरिकी क्लब अस्टिन बोल्डबाट व्यवसायिक फुटबल खेल्दै आएका उनको बुधबार राति ३१ वर्षको उमेरमा निधन भएको हो ।

तर निधनको कारण भने खुलाइएको छैन । सन् २००८ मा भएको बेइजिङ ओलम्पिकमा नाइजेरियाले उनको कप्तानीमा फुटबलमा रजत पदक जितेको थियो ।