फ्रान्सको प्रहरी हेडक्वाटरमा अन्धाधुन्ध चक्कु प्रहार, तीन प्रहरीसहित चार जनाको मृत्यु

Newslaya Home

फ्रान्सको प्रहरी हेडक्वाटरमा अन्धाधुन्ध चक्कु प्रहार, तीन प्रहरीसहित चार जनाको मृत्यु

शुक्रबार १७, असोज २०७६

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा रहेको प्रहरी हेडक्वाटरमा कार्यरत एक कर्मचारीले अन्धाधुन्ध चक्कु प्रहार गरी चार जनाको हत्या गरेका छन् । ती व्यक्तिले तीन प्रहरी अधिकारी र एक प्रशासनिक कर्मचारीको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

आक्रमणकारीको नाम खुलाईएको छ । प्रहरीको गोली लागेर ती आक्रमणकारीको मृत्यु भएको छ ।

घटना निकै भयभित पार्ने खालको रहेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरी अधिकारीमाथि बढ्दै गएको हिंसाका घटनाको विरोधमा प्रहरीकर्मीले देशव्यापी प्रदर्शन गरेको एक दिनपछि यो घटना भएको हो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् ।