इटहरी रंगशालामा शनिबार राष्ट्रिय स्तरका कलाकार आउँदै

Newslaya Home

इटहरी रंगशालामा शनिबार राष्ट्रिय स्तरका कलाकार आउँदै

शुक्रबार १७, असोज २०७६

इटहरी । वडा दशैँको अवसरमा न्यू भिजन इटहरीको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम असोज १८ गते दिउँसो ४ बजे इटहरी रंगसालामा हुने अयोजकले जनाएको छ ।

कार्यक्रममा प्रवेशको लागि टिकटको व्यवस्था गरिएको छ । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार र नागी डान्सको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रममा दिपक राज गिरी, दिपा श्री निरौला, केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारको प्रस्तुती रहने छ ।