आज देशभर सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

Newslaya Home

आज देशभर सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

शुक्रबार १७, असोज २०७६

काठमाडौँ । शुक्रबार देशभर मौसममा आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी भूभागमा आंशिक देखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास निम्न चापीय प्रणाली रहेको र अर्को निम्न चापीय प्रणाली भारतको पश्चिम बंगाल तथा बंगलादेश आसपास रहेकोले त्यसैको सामान्य प्रभाव नेपालमा पनि परेको हो ।