सिमलसोता खोलामा डुबेर दुई बालिकाको मृत्यु

Newslaya Home

सिमलसोता खोलामा डुबेर दुई बालिकाको मृत्यु

शुक्रबार १७, असोज २०७६

दाङ । दाङ स्थित खोलामा नुहाउन गएका दुई बालिकाको डुबेर मृत्यु भएको छ ।

लमही नगरपालिका ९ स्थित सिमलसोता खोलामा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
साँझको समयमा पानीमा डुबिरहेको फेला परे पछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै किशोरीलाई लमहीस् अस्पताल पुर्‍याएको केहीबेरमा अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको थियो ।

९ कक्षामा अध्ययनरत लमही नगरपालिका ९ घर भएकी १४ वर्षीया टीका घर्ती र घोराही उपमहानगरपालिका १० घर भएकी १५ वर्षीया निरु बोहोरा बिहीबार नुहाउन भनि खोला गएका थिए ।
दुवै बालिकाको शव पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।